Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुन तस्करीको प्रतिवेदन पढेपछि गृहमन्त्री रविले भेटे प्रचण्ड

    सुन तस्करीको प्रतिवेदन पढेपछि गृहमन्त्री रविले भेटे प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 819
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

    सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।



    लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई पनि मन्त्रालयमा बोलाएको स्रोतले बतायो ।



    सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले आज बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट उन्मुक्ति पाएकाहरुबारे आयोगले अध्ययन गरेको थियो ।

    आयोगको ब्रिफिङपछि बुझेको प्रतिवेदन गृहमन्त्री लामिछानेले अध्ययन गरेका थिए । लगत्तै अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार