Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • मुलुक आर्थिक मन्दीमा गएको विष्णु पौडेलको दाबी

    मुलुक आर्थिक मन्दीमा गएको विष्णु पौडेलको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन्।

    बिहीबारदेखि जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।



    पूर्वअर्थमन्त्री पौडेलले लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु भनेको आर्थिक मन्दीमा जानु भएपनि तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले सो स्वीकार गर्न नसकेको बताए ।



    उनले अर्धवार्षिक समीक्षाबाट खर्चको लक्ष्य घटाउनुपर्ने बाध्यतालाई समेत तत्कालीन अर्थमन्त्री महतले बुझ्न नसकेको बताए ।

    किसानले ६ अर्बको भुक्तानी पाउन नसकेको, निर्माण व्यवसायीहरूको अर्बौको भुक्तानी रोकिएको तर ऋण खोजेर नियमित खर्च चलाउनु परिरहेको अवस्थालाई समेत पूर्वअर्थमन्त्री महतले नजरअन्दाज गरेको पौडेलले आरोप लगाए ।

    नेपाली कांग्रेसकै सांसदले समेत बजेटको प्राथमिकता र सिद्धान्तलाई समर्थन गर्न नसकेको बजेटको सिद्धान्त औचित्यहीन भएको पुष्टि भएको पौडेलले बताए ।

    कुइरोको काग जस्तो अल्मलिएको सिद्धान्त र प्राथमिकताले देशको समस्या चिन्न र समाधान खोज्न नसकेको पौडेलले बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले फागुन १४ गते संसद्मा बजेटका सिद्धान्त पेश गरेका थिए ।

    संसद्मा बजेटबारे पर्याप्त छलफल होस् भनेर यसैवर्षदेखि ३ महिनाअगाडि प्रि–बजेट छलफलको अभ्यास शुरू गरिएको थियो । तर, गठबन्धन परिवर्तन भएपछि महतले ल्याएको बजेटका सिद्धान्तलाई सत्ता गठबन्धनले स्वामित्व लिन अस्वीकार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार