काठमाडौं । प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका छन् ।
प्रशासनमन्त्री जोशीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस गरेका हुन्।
यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो । प्रतिनिधिसभा सांसदहरुको संशोधन समेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।
यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोभको सूचना राखेका थिए ।
त्यसक्रममा सांसद सुवालले उठाएका प्रश्नहरको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए ।
Leave a Reply