काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती विधेयक आज प्रतिनिधि सभामा पेश हुने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्न लागेका हुन् ।
लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते तत्कालीन सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदमा दर्ता गरेकी थिइन् ।
विविधेयकमा सरकारी जागिरमा भर्ति हुन पाउने उमेरको सीमा घटाइएको छ ।
Leave a Reply