काठमाडौं । अमेरिकी तल्लो संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ ।
विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ ।
तल्लो सदनबाट दुई तिहाइ बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ ।
टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकी सुरक्षा निकायको ठहर छ ।
Leave a Reply