Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विश्वभर काेराेना संक्रमितको संख्या २ करोड २३ लाख नाघ्यो

    विश्वभर काेराेना संक्रमितको संख्या २ करोड २३ लाख नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड २३ लाख २२ हजार २०६ पुगेकाे छ ।

    वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ७ लाख ८४ हजार ६५३ पुगेको छ । विश्वभर १ करोड ५० लाख ६२ हजार ९७५ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ६४ लाख ७४ हजार पाँच सय ७८ जना रहेका छन् ।



    सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ५६ लाख ५६ हजार २०४ जना पुगेको छ । १ लाख ७५ हजार ८७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ३० लाख ११ हजार ५७७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २४ लाख ६९ हजार पाँच सय ४० जना रहेका छन् ।



    संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ ३४ लाख ११ हजार ८७२ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख १० हजार १९ को मृत्यु भएको छ । २५ लाख ५४ हजार १७९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ४७ हजार ६ सय ७४ जना रहेका छन् ।

    कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या २७ लाख ६८ हजार ६७० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३ हजार २६ पुगेको छ । २० लाख ३८ हजार ५८५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६ लाख ७७ हजार ५९ जना रहेका छन् ।
    रुसमा ९ लाख ३७ हजार ३२१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १५ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ । ७ लाख ४९ हजार ४२३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७१ हजार ९०९ जना रहेका छन् ।

    साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या बढी हुने देशमा पाँचौ स्थानमा आएको छ । साउथ अफ्रिकामा ५ लाख ९२ हजार १४४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १२ हजार २६४ को मृत्यु भएको छ । ४ लाख ८५ हजार ४६८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९४ हजार ४१२ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार