काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादीविरुद्ध कांग्रेस र एमालेको गठबन्धन गर्न चुनौती दिएका छन्।
विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा उठेका सवालमाथि जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सबै दलहरू मिले पनि आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘ठूला दल मिल्यौ भने तेरो हालत के होला भन्नुहुन्छ । यसो भनेर मात्रै हुन्छ रु मेरो कामना छ तपाईंहरू सबै मिल्नुस् । सबै मिल्नुभयो भने माअोवादी प्रमुख प्रतिपक्षमा बसेर देश, संविधान र राष्ट्रको पक्षमा उभिन्छ। तपाईंहरू सबै मिलेर टाउको काट्न खोजेको होइन । सके मिल्नुस् । राजनीतिक रुपले हित हुन्छ भने मिल्ने हो । प्रभाव पार्न सकिन्छ भने मिल्ने हो भनेर लागेको हो ।’
प्रचण्डले नामै लिएर ओली र देउवा मिले पनि आपत्ति नहुने बताए । उनले गठबन्धन गर्न दलहरू स्वतन्त्र हुने भएकाले राजनीतिक रूपमा फाइदा भए गर्ने हो नभए नगर्ने उनको भनाइ छ। उनले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेकोप्रति पनि आक्रोश पोखे।
Leave a Reply