Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • वीरगञ्जमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु

    वीरगञ्जमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2K
    SHARES

    वीरगञ्ज । पर्साको वीरगञ्‍जमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।



    दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले जानकारी दिए।



    भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको थियो । जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

    कोभिड संक्रमित भई साउन २७ गतेदेखि गण्डक अस्पतालमा उपचाररत ८४ वर्षिय पुरुषको उपचारको क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार