काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा जसपा संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीपसमेत जारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री ले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
Leave a Reply