Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 609
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर आएको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दर्ता गरेको छ।

    अख्तियारले तनहुँको व्यास नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक सुनिता उपाध्याय पौडेलविरुद्ध झुट्टा शैक्षिक प्रमाणपत्रहरू पेश गरी प्राथमिक तह,तृतीय श्रेणी शिक्षक पदको हैसियतमा लाभ लिइ भ्रष्टाचार गरेको आरोपमा आरोपत्र पत्र दायर गरेको हो।



    उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



    पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरूमाथि छानबिन गर्न उजुरी परेको थियो।

    सोही उजुरीका आधारमा उनले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणसीबाट उत्तीर्ण गरेको हाइस्कु्ल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी जागिर खाएको खुल्न आएको अख्तियारको ठहर छ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उपाध्यायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदावी लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार