Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • वीरेन्द्रनगरमा एक जना मृत फेला

    वीरेन्द्रनगरमा एक जना मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ को लाटिकोइलीमा एक जना पुरूष मृत भेटिएका छन् ।

    मृत भेटिनेमा बारा जिल्ला घर भई हाल लाटिकोइलीमा बस्दै आएका ३२ वर्षका अनिल पट्टेल रहेका छन् ।



    मृतकको घाँटीमा काटिएको चोट छ । घटनास्थलमा चुलेसीसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    मंगलबार ११ बजेतिर उनको कोठामै शव भेटिएको प्रहरीले जनाएको छ ।

    मृतक लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए ।

    उनको हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार