Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रचण्डलाई ‘पल्टुराम’को संज्ञा दिँदै ढुंगानाले भने – प्रधानमन्त्री जस्तो व्यक्तिले बाँचुन्जेल यस्तै गर्छु भन्न मिल्दैन

    प्रचण्डलाई ‘पल्टुराम’को संज्ञा दिँदै ढुंगानाले भने – प्रधानमन्त्री जस्तो व्यक्तिले बाँचुन्जेल यस्तै गर्छु भन्न मिल्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 378
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पल्टुरामको संज्ञा दिएका छन्।

    राष्ट्रियसभामा अध्यक्षका कांग्रेस उम्मेदवार युवराज शर्मालाई प्रस्ताव गर्दै ढुंगानाले यस्तो बताएका हुन् ।



    पटकपटक धोका दिने जता पनि लाग्ने भन्दै ढुंगानाले सत्ता गठबन्धनलाई धोका दिएका प्रधानमन्त्री प्रचण्डलाई बिहारका मुख्यमन्त्री नितिशकुमारसँग तुलना गर्दै पल्टुरामको संज्ञा दिए ।



    ढुंगानाले भने, ‘प्रधानमन्त्री बाचुन्जेलसम्म यता उति पल्टिन्छु भन्नुहुन्छ । हाम्रा छिमेकी भारतको बिहारका मुख्यमन्त्री नितिशकुमार ९ पल्ट यताउता गरेर सरकार बदल्नुभएको थियो । यसैले उहाँलाई पल्टुराम भन्दारहेछन् । हाम्रो प्रधानमन्त्री जस्तो व्यक्तिले पनि बाँचुन्जेल त्यस्तै गर्छु भन्न मिल्दैन । किनकि स्थिरताको लागि सरकार बनाएका थियौं। ’

    ढुंगानाले स्थिरता दिन्छौं भनेर जनतासँग मत मागेको भन्दै जनताले अल्टन पल्टन गर्न भनेर म्यान्डेट कसैलाई नदिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार