Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 552
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान सांसदहरुलाई निर्देशन दिएका हुन् ।



    आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थिति हुन कांग्रेसले निर्देशन दिएको छ ।



    नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।

    प्रधानमन्त्री प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार