Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।



    उनीहरुबीच राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र फागुन ३० गते संसदमा प्रधानमन्त्री लिन लागेको विश्वासको मतको विषयमा छलफल भएको स्रोतले बतायो ।



    राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएका छन् ।

    संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना आइतबार संसद्‌ सचिवालयमा पत्र आइपुगेको छ।

    सभामुखका प्रेस सल्लाहकार अधिकारीका अनुसार फागुन २९ गते कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार