Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • फागुन ३० गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले पठाए संसदलाई पत्र

    फागुन ३० गते विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले पठाए संसदलाई पत्र

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 783
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन ३० गते संसदमा विश्वासको मत लिने भएका छन् ।

    विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री प्रचण्डले संसद सचिवालयलाई पत्र पठाएका हुन् ।



    उनले प्रतिनिधिसभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको बताइएको छ ।



    फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि यही फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    सोही कारण संविधानको धारा १ सयको उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ ।

    १४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार