Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • बजेट हिनामिनामा उच्च अदालतका रजिष्ट्रार भ्रष्टाचारी ठहर

    बजेट हिनामिनामा उच्च अदालतका रजिष्ट्रार भ्रष्टाचारी ठहर

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 549
    SHARES

    काठमाडौं । नक्कली बिल बनाएर सरकारी बजेट दुरुपयोग गर्ने उच्च अदालत, दिपायलका तत्कालिन रजिष्ट्रार रण बहादुर कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    बिशेष अदालत, काठमाडौंले उनलाई आइतबार भ्रष्टाचारी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौ २०७९ मा ४ लाख ९८ हजार बजेट हिनामिना गरेका थिए ।



    उनले बिभिन्न शीर्षकमा बिनियोजित बजेट अनुसार गर्नुपर्ने खर्च शिर्षकमा नक्कली विल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफै स्वीकृत गरी प्रायःआफैले शोधभर्ना लिने, अदालतबाट भर्चुअल अनुगमन निरिक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृती गरी विल भरपाई बनाई आफैले भुक्तानी लिएको, कतिपयमा स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिएका थिए ।



    व्यबसायीहरुसँग अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगबिहीन गाडीको मर्मत गरेको भनी विलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिएको खुलेको थियो ।

    स्थायी शिक्षिकाको रुपमा कार्यरत श्रीमतीलाई अदालतमा कम्प्युटर अपरेटरको रुपमा नियुक्ति गरी एक लाख १२ हजार रुपैयाँ पनि दिलाउने प्रयास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार