Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच वार्ता जारी

    गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच वार्ता जारी

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 468
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मिटरब्याज पीडितहरूबीच छलफल सुरु भएको छ ।

    सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लामिछानेले विभिन्न जिल्लाबाट आएर काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूसँग छलफल थालेका हुन् ।



    गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूलाई बोलाएर आइतबार सवा ५ बजेदेखि छलफल गरिरहेका छन्।



    पीडितहरूका समस्या सुन्ने र समाधानका उपायबारे गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूसँग छलफल गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    छलफलमा गृहमन्त्री लामिछाने, गृहसचिव, गृह मन्त्रालयका उच्च अधिकारी र पीडितका प्रतिनिधि सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार