Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैन

    कांग्रेस महामन्त्री थापाले भने – अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैन

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 423
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन्।

    आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए ।



    महामन्त्री थापाले भने,‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो ।  भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो र थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसावकिताव हुन्छ । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ ।’

    उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाने बताए । थापाले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको जिकिर गरे ।

    महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार