Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली बील बनाएर चार लाख भुक्तानी दिने तत्कालीन गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    नक्कली बील बनाएर चार लाख भुक्तानी दिने तत्कालीन गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 771
    SHARES

    काडमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले मोहनपुर जाने बाटोको ढलान गर्दा अनियमितता गरेको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।



    गाउँपालिकाको वडा नम्बर ६ मा आर्थिक वर्ष २०७७/०७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ ।



    नक्कली नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको, साथै प्रतिवादी ओमकुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ४ लाख ३ हजार ५८१ रकम भुक्तानी दिएको भन्दै गैरकानूनी कार्य गरेको पाइएको प्रवक्ता नरहरि घिमिरेले बताए ।

    फारुक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यद्यपि पछि उनी नेकपा माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगबाट पदमुक्त भएका थिए ।

    उनलाई निर्वाचन आयोगले गाउँपालिका अध्यक्षबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि पुनर्वहाली भएका थिए ।

    गलत नापी किताब, भुक्तानी सम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको, स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिएको, बिल अनुसारको भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको अभियोगपत्रमा उल्लेख छ ।

    प्रतिवादी श्यामकिशोर मण्डलले उक्त योजनाको लागत अनुमान तयार गरेको, गलत नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको उल्लेख छ ।

    साथै प्रतिवादी ओम कुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन मनासिव देखिएको रायसहितको टिप्पणी आदेश पेश गरेको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    सोही योजनाको स्थलगत अनुगमन गरी अनुगमन प्रतिवेदन समेत दिएबाट बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म ढलान र नाला निर्माण उपभोक्ता समितिलाई ४ लाख ३ हजार ५८१ रुपैयाँ बढी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

    गाउँपालिकाका अध्यक्ष फारुखको मृत्यु भएपनि उनी विरुद्ध मुद्दा दायर गरिएको छ । साथै अध्यक्ष फारुखकी श्रीमती सदरुन निशाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । त्यस बाहेक उपभोक्ता समितिका पदाधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार