Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उपेक्षामा प्रदेश आयुर्वेद औषधालय

    उपेक्षामा प्रदेश आयुर्वेद औषधालय

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 4K
    SHARES

    काठमाडाैँ । सरकारी बेवास्ताका कारण वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक साधनस्रोतको अभाव झेल्नुपरेको छ । प्रदेश सरकारले गत वर्ष प्रशासनिक खर्च घटाउन भन्दै स्वास्थ्य कार्यालयसँगै गाभेपछि आयुर्वेद औषधालयहरु उपेक्षामा परेका हुन् ।

    औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले प्रदेशस्तरको औषधालयका लागि आवश्यक जनशक्ति नभएको बताए। उनका अनुसार औषधालयमा हाल कार्यालय प्रमुखसमेत गरी एक चिकित्सक, एक कविराज, दुई वैद्य, एक लेखापाल, एक ल्याब असिस्टेन्ट र दुई सहयोगीको दरबन्दी छ । यद्यपि यो जनशक्ति औषधालय सञ्चालनका लागि पर्याप्त छैन । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग थप जनशक्ति र स्रोतसाधनको माग गरिए पनि पूरा नभएको उनको भनाइ छ ।



    “प्रशासन, फार्मेसीको एउटा पनि दरबन्दी छैन”, उनले भने, “प्रदेश सरकारले साविकको भेरी अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालमा रूपान्तरण गरे पनि स्तरोन्नतिमा चासो दिएन, जसले गर्दा प्रदेशको सिङ्गो आयुर्वेद क्षेत्र ओझेलमा प¥यो ।”



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार