काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत हङकङसँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।
नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ७.२ ओभरमा ६१ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।
गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका गरे। ८ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको स्थितिमा फेरि पनि परेपछि अहिले खेल रोकिएको छ।
यसअघ पनि वर्षाले केहीबेर खेल रोकिएको थियो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।
Leave a Reply