Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्रले लिए शपथ

    प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्रले लिए शपथ

    सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 609
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आइतबार जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



    जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।



    यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

    शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

    यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए ।

    फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए ।अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।

    यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् ।

    यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् ।

    आइतबार जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार