Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री लामिछानेले भने – चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न

    गृहमन्त्री लामिछानेले भने – चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 684
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूहरु कामका लागि सूची बोकेर आएको बताएका छन् ।

    गृहमन्त्री भएको दुई दिनपछि लामिछानेले सामाजिक सञ्जाल मार्फत आफू कम्प्रोमाइज नहुने बताएका हुन् ।



    गृहमन्त्री रविले लेखेका छन् ,‘चेक लिस्ट’ सहित आएका छौं । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं।’



    नयाँ गठबन्धनमा रास्वपाबाट चार मन्त्री बनेका छन् । उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् ।

    उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

    नयाँ गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र एकीकृत समाजवादी सहभागी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार