Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

    सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 573
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताएका छन् ।

    २६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताए ।



    सन्देशमा उनले भनेका छन्, “आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु ।”

    यस्तै उनले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार