Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • महाशिवरात्रि पर्व आज, शिवजीको पूजा–आराधना गरिँदै

    महाशिवरात्रि पर्व आज, शिवजीको पूजा–आराधना गरिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन् ।

    शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।



    वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।



    शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

    आजको दिन भगवान महादेवलाई जाडो हुने भएकाले घरघरमा गई दाउरा मागेर धुनी जगाउने प्रचलन समेत छ ।

    पशुपति क्षेत्रभित्र गाँजा, भाङ, धतुरोजस्ता पदार्थको प्रयोग गर्न नपाइने जानकारी पशुपति क्षेत्र विकास कोषले दिएको छ । हरेक वर्षझैं यस वर्ष पनि पशुपतिनाथमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । पशुपतिनाथसँगै देश भरका शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार