काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र दाहालले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय लिएर बोल्दै सचिव दाहालले यस्तो बताएका हुन् । नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रचण्डलाई राजनीतिक बेइमानको संज्ञा दिएको छ ।
साथै, आफू बाचुन्जेल मुलुकमा उथलपुथल भइरहेको भनी प्रचण्डले दिएका अभिव्यक्तिको पनि जवाफ मागेको छ ।
सचिव दाहालले भने,‘म स्मरण गराउन चाहन्छु राष्ट्रपतिको निर्वाचनको बेलामा थिए होला नि प्रधानमन्त्रीलाई अर्कै प्रस्ताव । राष्ट्रपतिमा मिलेर गरौं भनेर अहिलेका बहालवाला प्रधानमन्त्रीले गर्नुभएको कोशिश बिर्सनुभयो ?’
सचिव दाहालले प्रधानमन्त्रीको कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरे।
१० पुस २०७९ मा एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसको नेतालाई राष्ट्रपति बनाउन खेलेको भुमिका नभुल्न कांग्रेसलाई उनका सुझाव छ ।
त्यतिबेला प्रधानमन्त्री प्रचण्डसँग अरु पनि विकल्प रहेको भन्दै पौडेलले कांग्रेसलाई गरेको गुन नबिर्सिन आग्रह गरे ।
Leave a Reply