Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जंगली च्याउ खाँदा २ जनाकाे मृत्यु, ३ जना बिरामी

    जंगली च्याउ खाँदा २ जनाकाे मृत्यु, ३ जना बिरामी

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2.4K
    SHARES

    प्यूठान । प्यूठानमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । ३ जना बिरामी परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ नौबहिनी ढाँडखोलामा जंगली च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा १३ वर्षीय सुगम घर्ती र १५ वर्षका सुरेश घर्ती रहेका छन् । एकै परिवारका दाजुभाइ उनीहरुको घरमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले बताए ।



    जंगली च्याउको पहिचान नगरी पकाएर खाएका मृतकका बुवा ३३ वर्षीया विष्णु घर्ती, आमा ३० वर्षीया लिला घर्ती र दाइ १७ वर्षीया शशी घर्ती बिरामी परेका छन् । उनीहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार