Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • संसदीय दलको निष्कर्ष

    प्रचण्डले राजनैतिक बेइमानी गरेको कांग्रेसको ठहर

    प्रचण्डले राजनैतिक बेइमानी गरेको कांग्रेसको ठहर

    समर्थन आजै फिर्ता लिने

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 516
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

    नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले आजै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।



    बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले बताए ।



    कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

    मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रचण्डले विश्वास घात गरेको बताए।

    सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रचण्डले विश्वास घात गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार