काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएकाे छ । मंगलबार साँझ करिब ६ बजेकाे समयमा उनकाे निधन भएकाे पारिवारिक स्राेतले जनायाे ।
लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेको मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।
Leave a Reply