Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतसँगको सिमानामा सशस्त्रको बीओपी स्थापना, सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रण हुने विश्वास

    भारतसँगको सिमानामा सशस्त्रको बीओपी स्थापना, सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रण हुने विश्वास

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 876
    SHARES

    इनरुवा । सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जु गाउँपालिका–४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बीओपी) बुधबारदेखि सञ्चालन भएको छ।

    कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बीओपीका रुपमा सञ्चालनमा ल्याएको हो ।



    बर्जु गाउँपालिका–४ मा स्थापना भएको उक्त बीओपीको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गरे।



    सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङ र बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायलगायतको उपस्थितिमा उक्त बीओपीको उद्घाटन गरिएको हो।

    सशस्त्र प्रहरी बलले विराटनगरका रोमी जैनले उपलब्ध गराएको चार कट्ठा र बर्जु गाउँपालिकाले उपलब्ध गराएको दुई कट्ठा गरी छ कट्ठा क्षेत्रफलमा बीओपी निर्माण गरेको छ। सीमासुरक्षा र चोरीतस्करी नियन्त्रणसँगै सीमा अपराध रोक्न बिओपीबाट मद्दत मिल्ने बराह बाहिनीका बाहिनीपति पोखरेलले बताए।

    बीओपीबाट ३ दशमलव ९ किलोमिटर क्षेत्र भित्रका ५१ वटा सीमास्तम्भको रेखदेख हुनेछ। हर्बोनीमा बीओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बीओपी सङ्ख्या ९ पुगेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार