Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जाँदै केपी ओली

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जाँदै केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 582
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न आज बालुवाटार जाने भएका छन्।

    मन्त्रालय भागबन्डाका विषयमा सत्ता गठबन्धनका दलबीच आन्तरिक छलफल चलिरहेका बेला अध्यक्षओली प्रचण्ड भेट्न आज बालुवाटार जान लागेका हुन् ।



    एमाले अध्यक्ष ओली अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने बताइएको छ । सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाँडफाँट गर्न कार्यदलको बैठक बस्नुअघि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो।



    यसअघि आजै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका नेता सम्मानित नेता झलनाथ खनालले पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    अहिले भने प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार