Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

    लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लुम्बिनीमा हुने भनिएको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित भएको छ।

    केन्द्रमा सरकार परिवर्तन भएपछि अन्योलमा रहेको सम्मेलनलाई लुम्बिनी प्रदेश सरकारले स्थगित गरेको हो।



    विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेतासहित विभिन्न दातृ निकायका लगानी साझेदारहरूलाई फागुन २८ र २९ गते लुम्बिनीमा ल्याएर शिखर सम्मेलन गर्ने तयारी प्रदेश सरकारले गरेको थियो।



    शिखर सम्मेलनको सबै तयारी सुरू भई १ सयभन्दा बढी विदेशी पाहुनाहरूलाई समेत आमन्त्रित गरिसकिएको अवस्थामा शिखर सम्मेलन स्थगित गरिएको हो।

    लुम्बिनी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार