Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • बालिकालाई बलात्कार गरेर फरार भएका टेके पक्राउ

    बालिकालाई बलात्कार गरेर फरार भएका टेके पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 954
    SHARES

    सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका–१० का ३५ वर्षीय टेके सार्की रम्तेल छन्।



    रम्तेलले ११ महिना अघि गत वैशाख ७ गते इश्वरपुरकै फुलनोर खोलामा १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए।



    रम्तेलले बलात्कार गरेका ती बालिका गर्भवतीसमेत भएकी थिइन्। बलात्कृत भएकी ति बालिकाले पुस १५ गते छोरालाई जन्मसमेत दिएकी थिइन्।

    छोरीलाई बलात्कार गरी गर्भवती बनाएर फरार भएको पाइएपछि प्रहरीमा जाहेरी परेको थियो ।

    पक्राउ परेका रम्तेलविरुद्ध बलात्कारको कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार