Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

    नेदरल्याण्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 633
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले उपाधि जित्न नेदरल्याण्ड्सलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।



    नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । ३१ बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे ।



    यस्तै, गुल्सन झाले २४ रन बनाए । कुशल मल्ल २६, रोहित पौडेल २५, कुशल भुर्तेल २० र करण केसी ९ रन बनाएर आउट भए ।

    दीपेन्द्र सिंह ऐरी भने एक रन मात्रै बनाएर आउट भए । आरिफ शेख शून्यमा आउट भए ।

    नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार