काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरूद्धको फाइनल खेलमा नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन चुकेका छन्।
सिरिजको फाइनलमा नेपालका ओपनर आसिफ अर्धशतक बनाउन ३ रनले चुकेका हुन् । उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर आउट भए ।
माइकल लेभिटको एलबिडब्लूको धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। अर्को ओभरमा दीपेन्द्रसिंह ऐरी १ रनमा भान डेरबाट एलबिडब्लूकै धरापमा परे।
त्यतिबेला नेपालले १४.३ ओभरमा ४ विकेटको क्षतिमा १२८ रन जोडेको थियो। त्यसअघि कप्तान रोहितकुमार पौडेल २५ रन जोडेर आउट भए। रोहित दशौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे।
आउट हुनुअघि उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए। उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।
Leave a Reply