Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नयाँ गठबन्धन

    सरकारमा सहभागी हुने दलहरुको टुंगो लगाएर मात्रै मन्त्रालय बाँडफाँट

    सरकारमा सहभागी हुने दलहरुको टुंगो लगाएर मात्रै मन्त्रालय बाँडफाँट

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नयाँ गठबन्धन सरकारमा सहभागी हुने दलहरुको टुंगो लागेपछि मात्र मन्त्रालयहरुको बाँडफाँट हुने भएको छ।

    सत्ता गठबन्धनका दलहरूले सरकारमा सहभागी हुने दलहरूको टुंगो लगाएरमात्रै मन्त्रालयको भागबण्डा गर्ने तयारी गरेका हुन् ।



    सोमबार बनेको नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपा छन्। पाँचौ ठूलो दल जसपाले मन्त्री नपठाए पनि शीर्ष नेताबीचको चार बुँदै सम्झौतामा हस्ताक्षर गरेर सत्ता गठबन्धनमा सामेल भइसकेको छ।



    प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी छ ।

    सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पनि सरकारमा सहभागी हुने पक्षमा छन् । दुवैले क्रमशः मधेश र सुदूरपश्चिमको मुख्यमन्त्री दावी गरेका छन् ।

    रास्वपाले गृहसहित ४ मन्त्रालय दावी गरेको छ । त्यस्तै जसपाले मधेशको मुख्यमन्त्री कायम राख्दै ३ मन्त्रालयमा दावी गरेको छ । २३ वटा मन्त्रालयमध्ये माओवादीले ५ वटा मन्त्रालयमा दावी गरेको छ ।

    त्यसैले पहिले गठबन्धनमा आउने समाजवादीसहित लोसपा, नागरिक उन्मुक्तिलगायत दलसँग पनि छलफल गर्ने र मन्त्रालयको बाँडफाट गर्ने स्रोतले बतायो । मन्त्रालयको भागबण्डा र गठबन्धनमा अरू दलको सहभागिताबारे छलफल गर्न गठबन्धनका चार नेताको बैठक मंगलबार दिउँसो बस्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार