Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डको प्रस्ताव – सरकारमा आउनुस्, माधवको जवाफ – छलफल गरेर निर्णय गर्छु

    प्रचण्डको प्रस्ताव – सरकारमा आउनुस्, माधवको जवाफ – छलफल गरेर निर्णय गर्छु

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 939
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

    सोमबार साँझ नारायणकाजी श्रेष्ठलाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले अध्यक्ष माधवलाई सो प्रस्ताव राखेका हुन् ।



    जवाफमा नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् । बालुवाटार बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पुग्न समय लाग्ने भएपछि प्रचण्ड कोटेश्वर पुगेका थिए ।



    रुघाखोकीबाट सामान्य अस्वस्थ भएका नेता नेपाल केही दिनदेखि घरमै आराम गरिरहेका छन् ।

    सोमबार अपराह्न गठबन्धन दलका नेताहरूबीच सरकारमा अरू दललाई पनि सहभागी गराउने सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार