काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालले ३–० को सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले भुटानलाई ३–० गोलले हराएको हो ।
नेपालले पहिलो हाफमै ३ गोल गर्यो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी, ग्यान्सु डोल्मा लोले १–१ गोल गरे ।
यो जितसँगै नेपाल ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।
प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २–० गोलले पराजित भएको थियो ।
Leave a Reply