Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नयाँ गठबन्धनको बैठक बस्दै, लिखित सहमतिको तयारी

    नयाँ गठबन्धनको बैठक बस्दै, लिखित सहमतिको तयारी

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दिउँसो साढे २ बजे नयाँ गठबन्धनको बैठक बस्न लागेको हो ।



    बैठकपछि नयाँ गठबन्धनको आधारपत्र सार्वजनिक गरिने छ। बालुवाटारमै आज बिहान पनि गठबन्धनको बैठक बसेको थियो।



    उक्त बैठकमा दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई आज बन्ने मन्त्रीहरूको नाम दिएका थिए।

    एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितमान तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको छ।

    मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए।

    मन्त्रीहरूको शपथ अपराह्न ४ बजेपछि हुने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।

    त्यसका लागि दिउँसो फेरि बस्ने बैठकमा लिखित सहमति गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार