Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नयाँ मन्त्रीहरूको शपथ आजै गराइदिन राष्ट्रपतिलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

    नयाँ मन्त्रीहरूको शपथ आजै गराइदिन राष्ट्रपतिलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललाई तीन मन्त्रीको शपथ गराउने जानकारी गराएका छन् ।

    नयाँ सत्ता गठबन्धन बनेसँगै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूको शपथका बारेमा जानकारी गराएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर नयाँ मन्त्रीहरूको शपथ सोमबार नै गराइदिन आग्रह गरेका छन् ।



    प्रधानमन्त्री दाहालले तीन जना मन्त्रीलाई सोमबार साँझ नै शपथ गराउने तयारी गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको स्रोतले बतायो ।

    एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ।

    जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

    मन्त्रिपरिषद्‍मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार