Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बालुवाटारमा प्रचण्डले गरे ओली र रविसँग छलफल

    बालुवाटारमा प्रचण्डले गरे ओली र रविसँग छलफल

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 576
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ।

    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारी छ।



    छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।



    माओवादीको पदाधिकारी बैठक सकिएलगत्तै नयाँ गठबन्धनका तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्।

    प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार