काठमाडौं । प्रहरीले अवैध रुपमा डलर बाहिरी मुलुक लैजान खोज्ने सिंगापुरका एक नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक ५७ वर्षीय तानघिम च्योङ्गलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा च्योङ्गले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
Leave a Reply