काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पहिलो विकेट गुमाएको छ ।
१.३ ओभरमा सोमपाल कामीले मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा आउट गरेका हुन् ।
क्रुगरले मिडविकेटमा गुल्शन झालाई सहज क्याच दिए । उनी आउट हुँदा नामिबियाको स्कोर ११ रन मात्र छ ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
Leave a Reply