काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।
टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
आफ्नो तेस्रो खेलमा नेपालले कुशल भुर्तेललाई बेन्चमा राखेको छ । लगातार दुई खेलमा रोयल डक आउट भएका भुर्तेललाई नामिबियाविरुद्ध नेपालले बेन्चमा राखेको हो।
उनको स्थानमा अनिल शाहलाई टिममा समावेश गरेको छ । ललित राजवशी, सन्दीप जोरालाई नेपालले बेन्चमा राख्दै आरिफ शेख र अभिनास बोहरालाई टिममा फर्काएको छ ।
नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ । टियु क्रीकेट मैदानमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
Leave a Reply