Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भरतपुर नयाँ ‘हेल्थ हब’ को रूपमा विकास हुँदै गयो : प्रधानमन्त्री प्रचण्ड

    भरतपुर नयाँ ‘हेल्थ हब’ को रूपमा विकास हुँदै गयो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 618
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गरेका छन् । शुक्रबार बिहान उनले सो नयाँ भवनको उद्घाटन गरेका हुन् ।

    उद्घाटन समहारोहमा बोल्दै प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’ को रूपमा विकास हुँदै गएको बताए ।



    भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनको भनाई छ ।



    उनले वि.सं २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पुर्‍याउँदै आएको आँखा अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर अब थप प्रमाणित हुने बताए ।

    १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन बनेको हो । भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार