Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • कोशी प्रदेशका कारण कांग्रेसप्रति शंका उब्जेको छ : प्रधानमन्त्री प्रचण्ड

    कोशी प्रदेशका कारण कांग्रेसप्रति शंका उब्जेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 645
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् ।

    चितवनको भरतपुर विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहे पनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताए।



    शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने  प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको औंल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार