Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • परिणाम दिन नसक्दा मेरो बेचैनी बढेको छ : प्रधानमन्त्री प्रचण्ड

    परिणाम दिन नसक्दा मेरो बेचैनी बढेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 504
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयहरुको कार्यसम्पादन कमजोर भएको भन्दै असन्तुष्टि जनाएका छन्।

    आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मैले सरकारको नेतृत्व सम्हाल्दै गर्दा सुशासनको पक्ष, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ हामी सबैले, यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले, बडो उत्साहको साथ अगाडि बढेका थियौँ। झन्डै एक वर्षसम्म मोटामोटी ढंगले हामी ठिकठिकै ढंगबाट जान्छौं भन्ने नै स्थिति थियो। तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ।’



    प्रधानमन्त्री प्रचण्डले कार्यसम्पादन मूल्यांकन सम्झौतापछि तेस्रोपटक गरिएको समीक्षामा कार्यसम्पादनस्तरको स्थितिबाट सन्तोष लिने अवस्था नरहेको बताए।

    उनले सरकारले आफू नेतृत्वको क्याबिनेटले सोचे जसरी काम गर्न नसकेकोमा बेचैनी बढेको बताए । प्रधानमन्त्री प्रचण्डले जोवन धान्ने र काल पर्खिने खालको सरकार हुन नहुने बताए।

    अर्थतन्त्रमा समष्टिगत मागको सिर्जना गर्दै चलायमान बनाउन सरकारी खर्च बढ्नु जरूरी रहेको औंल्याउँदै प्रधानमन्त्रीले चालु आर्थिक वर्षको ७ महिना समय बितिसक्दा पनि सार्वजनिक खर्च भने ४२ प्रतिशत मात्र हुनु सन्तोषजनक नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार