Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना प्रभावितलाई पुनर्कर्जाः कुन-कुन क्षेत्रका व्यवसायीले पाउछन् ऋण ?

    कोरोना प्रभावितलाई पुनर्कर्जाः कुन-कुन क्षेत्रका व्यवसायीले पाउछन् ऋण ?

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ ।यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिने बताएको छ ।

    यसअघि पर्यटन व्यवसायी, लघु, घरेलु तथा साना उद्योग व्यवसायी र अन्य सेवामूलक संस्था तथा उत्पादनमूलक उद्योगीले कोरोना महामारीबाट आफूहरू निकै मारमा परेको भन्दै सहुलियत पुनर्कर्जाको व्यवस्था मिलाइदिन माग गरेअनुसार अहिले राष्ट्र बैंकले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई पुनर्कर्जाका लागि यस्तो अवसर उपलब्ध गराइदिएको हो ।



    कोरोना प्रभावले थला परेको विभिन्न क्षेत्रका व्यवसायलाई निरन्तरता दिलाउन एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।



    राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोना प्रभावितले यसअघि सरकारसँग गरेको मागबमोजिम कार्यविधि तयार पारेपछि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक यस्तो प्रस्ताव आह्वान गरेको बताए । उनले कोरोनाका कारण आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्नेहरूका लागि यो निकै राम्रो अवसर भएको बताए ।

    यस्ता क्षेत्रले पाउँछन् पुनर्कर्जा
    अति प्रभावित क्षेत्र
    १. पर्यटन
    (क) ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि ।
    (ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट तथा रेस्टुरा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।
    (ग) साहसिक पर्यटन स्किइङ, ग्लाइडिङ, वाटर ¥याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोइब, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत ।
    (घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

    २. हवाई तथा पर्यटकीय यातायात

    ३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेसस

    ४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल

    ५. रोजगारी गुमेका वा समस्यामा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)

    ६. मूलभूत रूपमा सडेर गलेर जाने वस्तु, जस्तै ः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दुधजन्य उत्पादन, अन्डा आदि उत्पादन तथा बिक्री वितरण

    ७. कुखुरापालन व्यवसाय

    ८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय

    ९. तयारी पोसाक, हस्तकला तथा सीपमुलक व्यवसाय

    १०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक

    मध्यम प्रभावित क्षेत्र
    १. खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
    २. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
    ३. यात्रुवाहक स्थल यातायात
    ४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
    ५. कानुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय
    ६. अस्पताल, क्लिनिक, नर्सिङहोम, डायग्नोस्टिक सेन्टर
    ७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
    ८. भण्डारण गर्न सकिने वस्तु (खाद्यान्नबाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
    ९. वन तथा खनिज जन्य उद्योग
    १०. निर्माण व्यवसाय
    ११. औषधि उत्पादन
    १२. छपाइ, प्रकाशन तथा सञ्चार गृह
    १३. निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा
    १४. पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय
    राजधानी दैनिकबाट सभार

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार