काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
उनले २८ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
उनको अर्धशतकसँगै नेपालले १८.१ ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको छ ।
टी-२० अन्तर्राष्ट्रियमा यो उनको आठौँ अर्धशतक हो ।
Leave a Reply