Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • संसदीय समितिको निर्देशनलाई सरकारले उच्च महत्त्व दिएर कार्यान्वयन गरेको छ : प्रधानमन्त्री प्रचण्ड

    संसदीय समितिको निर्देशनलाई सरकारले उच्च महत्त्व दिएर कार्यान्वयन गरेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 492
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिले दिएका निर्देशनलाई उच्च महत्वका साथ कार्यान्वयन गर्दै आएको बताएका छन्।

    प्रतिनिधिसभाअन्तरगतको राष्ट्रिय सरोकारवाला तथा समन्वय समिति बैठमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले समिति सदस्यहरूले उठाएका जिज्ञासाहरूलाई सरकारले गम्भीर रुपले लिने गरेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’समितिहरूले दिएका निर्देशनलाई सरकारले उच्च महत्व दिइ प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको जानकारी गराउन चाहन्छु । समितिका माननीय सदस्यहरूले उठाएका जिज्ञासाहरूलाई पनि सरकारले गम्भीर रुपले लिने नै छ।’

    प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले संघीयता कार्यान्वयनका सन्दर्भमा विभिन्न समयमा भएका निर्णयहरू कार्यान्वयन भइरहेको उल्लेख गरे।

    उनले राष्ट्रिय गौवका आयोजनाको निर्माणका बारेमा सम्बन्धित निकायसँग नियमित छलफल र निर्देशन दिने काम भइरहेको जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार